काइके गाउँपालिकाका अध्यक्षले रोके चामल वितरण
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार २३:२३:१७
३० चैत, सुर्खेत । डोल्पाको काइके गाउँपालिकाको सरहताराका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट लिएको चामल गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले वितरण मा रोक लगाएका छन् ।
चालु आर्थिक वर्षका लागि लिएको दुई हजार पाँच सय क्विन्टल चामलमध्ये सात सय क्विन्टल चामल विवतरण गरिसकेको छ । बाँकी भर्खरै मात्र लिएको पाँच सय क्विन्टल चामल वितरणमा रोक लगाएको हो ।
चार हजार पाँच सय जनसंख्या रहेको काइके गाउँपालिकामा सबैलाई पुग्ने गरी चामल ढुवानी नगरेसम्म लिएको चामल वितरण गर्न नदिने गाउँपालिका अध्यक्ष रानाले टेलिफोनमा जानकारी दिए ।
काइके गाउँपालिकामा अझै एक हजार तीन सय क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।
अहिले गएको जती चामल वितरण भइदिए केही समस्या हल हुने प्रमुख पाण्डेले बताए । चामल वितरणमा रोक लगाएपछि नयाँ चामल लिन ठेकेदार कम्पनीलाई समस्या हुने उनको भनाइ छ ।
पहिला लिएको चामल बिक्री गरेपछि मात्र ठेकेदारलाई आफूहरूले रकम भुक्तानी दिने गरेको उनले बताए । गाउँमा आएको चामल समेत वितरण गर्न नदिएर गाउँपालिकाका अध्यक्षले राजनीति गर्न खोजेको स्थानीयको आरोप छ ।
जुफाल र दुनैमा पनि चामलको संख्या कम रहेको उनले बताए । मुस्किलले एक हजार क्विन्टल चामल रहेको उनले बताए । अन्य पालिकामा समेत खाद्यान्न अभाव रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार