जनमत पार्टीको ११ बुँदे सहमति कार्यन्वयन गर्न माग
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार २३:३७:९
३० चैत, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग भएको ११ बुँदे सहमति र किसान आन्दोलनका क्रममा उठाएका माग पूरा गर्न आग्रह गरेको छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार र आफ्नो पार्टीबीच भएको सहमति पूरा कार्यान्वयन हुन ढिलाइ भएको बताएका थिए । गृह मन्त्रालयमा बुधबार भएको भेटमा चुनाव पहिल्यै सहमतिमा उल्लेख गरिएका कुरा पूरा गराउन आग्रह गरेको सिंहले बताए ।
’हाम्रो पार्टी र सरकारबीच भएका सहमति कार्यान्वयन गर्नका लागि गृहमन्त्रीमार्फत सरकारसँग आग्रह गरेका छौं,’ सिंहले भने, ’चुनावसमेत आइसक्यो तर अझैसम्म माग पूरा छैनन् । ती माग सम्बोधन गर्नका लागि गृहमन्त्रीलाई भनेका हौं ।’
सिंहले किसानका माग पनि पूरा गर्नका लागि सरकारसँग आग्रह गरेको बताए । जनमत पार्टीका अध्यक्ष सिके राउत र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । तराई क्षेत्रमा आन्दोलन गरिरहेको राउतको पार्टी त्यसपछि मूलधारको राजनीतिमा आएको थियो ।
भेटमा गृहमन्त्री खाँणले जनमत पार्टीले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरेका थिए । स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाँणले बताएको सिंहले उल्लेख गरे । ’गृहमन्त्रीले माग पूरा गर्नेबारे केही दिनभित्रै कदम चाल्छु भन्नुभएको छ,’ उनले भने ।
गृहमन्त्रीको सचिवालयले भने जनमत पार्टीसँग फेरि छलफल गरेर सहमति कार्यान्वयनबारे निष्कर्षमा पुग्ने समझदारी भएको जानकारी दिएको छ । गृहमन्त्री विगतमा भएका सहमति कार्यान्वयन गर्नका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार