कांग्रेसको निर्वाचन घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बिहिबार २:२४:७
३० चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार अपराह्न बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणापत्र मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।
महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले बन्दसूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको सहमतिबारे पनि जानकारी गराइएको प्रवक्ता महतले बताए ।
‘कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रमा भएका मूल विषयवस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो । त्यस सम्बन्धमा कार्यसम्पादन समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नुभयो । र, त्यो सम्पूर्ण सुझावहरुलाई ध्यानमा राखेर मस्यौदा परिमार्जनसहित घोषणापत्र पारित गर्ने निर्णय गरियो,’ उनले भने ।
समानुपातिकतर्फ बन्दसूचीमा बसेकाहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने इच्छा देखाएकोले त्यो बन्दसूचीबाट हटाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । बैठकमा चुनावी गठबन्धनले मंगलबार शीर्ष तहमा भएको छलफल र निर्णयबारे जानकारी गराइएको पनि प्रवक्ता महतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार