तीनबुँदे कार्यन्वयनसहित सहजीकरण गर्न सकिएपनि चुनावको मिति सार्न सकिदैनः देउवा
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बिहिबार २:५९:४४
३० चैत्र, काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग यसअघि सरकारले गरेको तीनबुँदे सहमति कार्यन्वयन गर्न र आगामी निर्वाचनमा सहभागिताका लागि सहजीकरण गर्न सरकार तयार रहेपनि निर्वाचनको मिति हेरफेर गर्न भने नसकिने बतएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको वार्तामा नेपाल सरकार र नेकपाबीचको तीनबुँदे सहमति कार्यान्वयन र स्थानीय तह निर्वाचनबारेको छलफलमा देउवाले यस्तो बताएका हुन् ।
छलफलमा नेकपाका नेताहरुले आफुहरुले पनि निर्वाचनमा भाग लिन चाहेको तर, तीनबुँदे सहमति कार्यन्वयन र दल दर्ता लगायतका कार्य गर्न चुनाको मिति सानुपर्ने बताएका थिए ।
जवाफमा देउवाले नेकपा निर्वाचनमा भाग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छुट मतदाता नामावली थप गर्न सहजीकरण गरिदिने तर, मिति सार्न नसक्ने बताएका थिए ।
छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार देउवाले वार्तामा रहेको नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । नेकपाले वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनलाई प्रयोग गर्ने निर्णय पार्टीले गरेपनि प्रक्रियाका लागी समय नभएको तर्क राखेको थियो ।
सरकारी पक्षले स्थानीय निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले स्थानीय गाँउठाँउको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, जनतालाई शक्तिशाली बनाउने विकास र शक्तिको केन्द्र जनताको घर आँगन हुने हुँदा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनु उपयुक्त हुने भन्दै नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो ।
नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुन आफूहरू तयार रहेको बताएका थिए । तर, यसका लागि निर्वाचनको मिति सार्नुपर्ने उनीहरुको मुख्य माग रहेको थियो ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे तथा नेकपाका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पु¥याउन आग्रह गरेका थिए । नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए । नेकपा र तत्कालीन सरकारबीच २०७७ फागुन २० गते तीनबुँदे सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार