तपाईको आजको राशीफल कस्तो छ ?
देवेन्द्र चुडाल
बैशाख १, २०७९ बिहिबार १२:२७:४६
वि.सं.२०७९ साल वैशाख ०१ गते । बिहीबार । ईश्वी सन् २०२२ अप्रिल १४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–त्रयोदशी, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाफाल्गुनी, बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–वृद्धि, बिहान ०८ बजेर ४८ मिनेट उपान्त ध्रुव । करण– कौलव, दिउसो ३ बजेर ०२ मिनेट उप्रान्त तैतिल, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिह, दिउसो २ बजेर ४५ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ५१ पला । नववर्ष ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिने छ, भने लगानी गर्ने वातावरण बनाउन सकिने छ । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ । यात्रा,मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुने छ । समयले गलत मार्गमा डोर्याउनाले व्यबहार बिग्रने छ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भने जस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेको छ । रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजनका साथ दिन व्यतित गर्न सकिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिने छ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउने छ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिने छ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउने छ । रमाईलो यात्राको तय हुने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयकाे सदुपयोग गरि मनग्गे लाभ लिन सकिने छ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्ने छन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्ने छ। परिवारजनसँग आत्मीयता बढ्ने छ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिने छ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुने छ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जाने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्ने छन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्ने छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। तरपनि परिवारका साथ मिष्ठान्न भोजनको ग्रहण गर्दै समय व्यतित गर्न सकिने छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतीको भरपुर प्रयोग गर्न पाईने छ । नाँफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिने छ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुने छ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईकै पोल्टोमा पर्नेछ । रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउन सकिने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडी बढ्न सहज हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो दुरिको यात्रा गरि भरपुर मनोरञ्जन लिन सकिने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउने छ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुने छ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुने छ । तरपनि आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतित गर्न सकिने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने छ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । मायाप्रेममा आत्मियता बढ्ने छ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिने छ ।
तपाईको दिन शुभ रहोस् ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
सर्वोच्चबाट पत्र पुगेपछि गण्डकीमा कांग्रेसका पाण्डेले मुख्यमन्त्रीको शपथ लिने
जेठ १६, २०८१ बुधबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले कस्तो गर्ला आदेश
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार