कोइरालाको सन्देश,‘ हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो’
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १३:४९:९
१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरुको क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुने बताएका छन् ।
उनले नयाँ वर्षको शुभकामना सन्देशमा यो वर्षलाई नेपाली कांग्रेसका कार्यकर्ताले चुनावी वर्षका रूपमा लिनु पर्ने बताएका छन् ।
कोइरालाले कांग्रेसभित्र कुनै विभाजन नरहेको र केन्द्रीय समितिका निर्णयहरुमा सबैको एकमत रहेकाले नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
केन्द्र देखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कांग्रेसमा कसैलाई पनि नभएको भन्दै उनले कांग्रेसका विरोधीहरू बलिया संगठित रहेकाले कांग्रेस एक छ भन्ने सन्देश कांग्रेसको निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने उनको भनाई छ ।
यस्तो छ, सामाजिक सञ्जाल फेसबुकमा कोइरालाको सन्देश
प्रिय साथीहरू,
तपाईं हाम्रो घर आँगनमा नयाँ वर्ष २०७९ प्रवेश गर्दैछ । नयाँ वर्षको सुखद उपलक्ष्यमा तपाईँ, तपाईँको परिवार र आफन्तजनमा म शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्नेछ । यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन । हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई “चुनावी वर्ष” का रूपमा लिनु पर्नेछ ।
वितेको वर्ष हामी सबैको लागि कष्टकर रह्यो । वैश्यिक स्तरमा फैलिएको कोरोना महामारीले हाम्रो राजनीतिक, सामाजिक र आर्थिक जीवनलाई नकारात्मक प्रभाव पारेको छ ।
कैयन परिवारले आफन्त गुमाएका छन । मैले पनि मेरो अभिभावक (दाजु) गुमाएँ । कैयन परिवारको आर्थिक अवस्था अस्तव्यस्त भएर तिनमा जीवन देखि नै निराशा छाएको मैले देखेको छु । उनीहरूमा नवजीवनको धारा बगाउनु छ ।
नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ ।
केन्द्र देखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । म तपाईँहरूबाट यही अपेक्षा गर्दछु ।
हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो र त्यस विरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ ।
उम्मेद्वार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो ।
म निर्वाचनको समयमा र पछि पनि तपाईँहरूको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने नै छु । तपाईँ हामीलाई इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको छ । तसर्थ, स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ ।
अन्तमा, नयाँ वर्षले तपाईँको व्यक्तिगत जीवन र परिवारमा सुख शान्ति प्राप्त होस भन्दै फेरी एक पटक शुभकामना व्यक्त गर्न चाहन्छु । जय नेपाल ।
डा शेखर कोइराला
२०७९ बैशाख १
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार