भारतबाट नेपाल भित्र्याइँदै गरेको एक करोडको सामान बरामद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १३:५९:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/Bhansar-Chhali_qke2DkCrVI.jpg)
१ वैशाख, बनियानी । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।
प्रहरीले मंगलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् ‘तीन वटा गाडीसहित’गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो ।
प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको उनले बताए ।
फेला परेका दुवै गाडी र सामानको रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै प्रहरीले मंगलबार राति अवैध सुपारीसहित पीकअप भ्यान नियन्त्रणमा लिएको छ । बुधबारेबाट काँकडभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे१च ४९८० नंको पिकअप भेनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा २९ बोरा सुपारी बरामद भएको थियो ।
भ्याट बिल नभएको रु पाँच लाख ७० हजार बराबरको सुपारी, पिकअप गाडीको रु १० लाख मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।
यस्तै प्रहरी मंगलबार नै रु २० लाख बराबरको अवैध बिस्कुट र भारतीय कन्टेनरको रु २५ लाख मूल्याङ्कन गरेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ
माघ २५, २०८१ शुक्रबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार