विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १६:४७:३०
१ वैशाख, खोटाङ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेद बिरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।
कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।
पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि र सेल कमिटिको सुदृढिकरण तथा बैठक गर्ने, जनवर्गीय संगठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२ औं पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार