गठबन्धन प्रतिउत्पादक छ, तर पार्टीले निर्णय गरेपछि मान्नुपर्छः महामन्त्री थापा
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १७:३६:५०
१ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलले लोकतन्त्रलाई लाभ नहुने भएपनि पार्टीले निर्णय गरिसकेकाले यसको विपक्षमा जान नमिल्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा आफ्नो ठाउँ कसरी बनाउने भन्ने छलफल हुनुपर्नेमा तालमेलको विषयले प्राथमिकता पाएको बताए । तालमेलले कसैलाई पनि राम्रो नगर्ने उनको जिकिर छ ।
थापाले अहिले स्थानीय तालमेलको कुरा भन्दा पनि गठबन्धनको विषयले अनावश्यक चर्चा पाएको बताउँदै संसदीय व्यवस्थामा दलहरूबीच तालमेल भएपनि यसले राजनीतिक संस्कृति विगार्ने भएकाले नेपालको लोकतन्त्रका खतिर राम्राे नभएको बताए ।
‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु ।मान्नुपर्छ ।यो विषयमा बहस गर्नै पर्छ ।’ थपाले भने । उनले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताए ।
थापाले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने भन्दै अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको बताए । तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप नहुने उनको भनाइ छ । ‘स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन,’ थापाले भने ।
महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।
‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो । माथिबाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्मविपरीत हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार