विप्लव समूहका नेता भेटपछि प्रचण्डले भने, ‘एमालेमा रहेका ८० प्रतिशत बन्दी कम्युनिष्टलाई मुक्त गर्नुछ’
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १९:३६:५५
१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र ८० प्रतिशत नेता इमान्दार रहेपनि उनीहरु नेतृत्वको बन्दी भएकाले मुक्त गर्न आवश्यक भएको बताएका छन् ।
यसअघि प्रचण्डले आफ्नै निवास खुमलटारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेता हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई भेटेका थिए ।
बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर गरे ।
उनले एमालेमा सबै खराब नभएको भन्दै तीन वर्षमा को कस्ता रहेछन् भन्ने कुरा आफुले देखेको र त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट रहेको बताए ।
उनले एमाले नेतृत्वले धेरै भ्रम दिएर बन्दी बनाएर राखेको बताउँदै प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएको र उनीहरुलाई मुक्त गर्नुपर्ने बताए ।
प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे ।
त्यसअघि प्रचण्डले चन्द नेतृत्वका नेता वाली र वास्तोलालाई भेटेका थिए । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार