सडक दुर्घटनामा ज्यान गुमाएका परिवारको बीपीचोकमा प्रदर्शन
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार २०:३६:३७
१ वैशाख, नेपालगन्ज । नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।
प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।
कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारवाही र क्षतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन् ।
जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने–‘ कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार