अध्यक्ष ओलीलाई रावलको प्रश्न, ‘एमालेको सूर्य चुनाव चिह्न बिक्रीमा राखिने बस्तु हो ?’
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार २१:१६:१५
१ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग गठबन्धन गर्दै एमालेको सूर्य चिह्नबाट चुनाव लड्न दिएकोप्रति आपत्ति जनाएका छन् । यसले कम्युनिष्ट पार्टी र दलीय प्रणालीमा मर्ममाथि प्रहार भएको उनको टिप्पणी छ ।
नेता रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीको चुनावी तालमेलबारे असन्तुष्टि जनाउँदै बिहीबार ट्विटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ? भन्दै प्रश्न गरेका छन् । उनले कसैसँग तालमेल गर्दैमा आफ्नै चुनाव चिह्न दिन गलत भएको दावी गरेका छन् ।
रावलले भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उमेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ? । के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र ।’
एमालेमा वैशाख ३० गतेका तय भएको स्थानीय तहको निर्वाचनमा एमालेले यस अघिको निर्वाचनमा पाएको जीतलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्षमा रहेको नेताहरुले दाबी गर्दै आएका छन् । तर, रावलको भनाई अनुसार त्यो उसका लागि सहज भने छैन ।
गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुँनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कत बढ्ने भन्दा घट्ने आकलन भइरहेको छ । रावलले पछिल्लो समयमा पनि पार्टीका कतिपय निर्णयहरुको विररोध गर्दै आएका छन् ।
‘ विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार