वीरगञ्जमा कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा
आबिद हुसेन
बैशाख १, २०७९ बिहिबार २२:३५:२३
१ वैशाख, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ ‘नेपाली’, क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को ‘क’ र ‘ख’ का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका हुन् ।
साथीहरुको भावना विपरीत निर्वाचनमा समाहित भए पार्टीप्रति ठूलो घात हुने देखिन्छ’, उनीहरुले भनेका छन्, ‘पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको जानकारी हामी यही विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यालयलाई गराउछौं ।’
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का सभापति गुप्ताले कांग्रेस आफैं बलियो पार्टी भएकोले पर्सामा अरुको साथ आवश्यक नभएको बताए ।
महानगर सभापति र क्षेत्रीय सभापतिसहितका नेताहरुले पत्रकार सम्मेलन गरेर वीरगञ्ज महानगरमा कुनै पनि हालतमा अरु दलसँग चुनावी तालमेल नगर्ने उद्घोष गरे। पर्सा क्षेत्र-१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले वीरगञ्जका नेता कार्यकर्ताको जनभावना केन्द्रले सुन्ने विश्वास गरे।
‘केन्द्रले हाम्रो चाहना र भावना बुझेन र जबरजस्ती निर्णय लाद्न खोज्यो भने हामी विरोधमात्रै होइन, विद्रोह पनि गर्छौ,ु उनले भने। वीरगञ्ज महानगरमा अरु दलसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको केन्द्रीय कार्यसमितिमा लिखितरुपमै जानकारी गराइसकेको उनले बताए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार