निर्वाचन पर्यवेक्षणका लागि आयोगमा २० हजारकाे निवेदन
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १४:२:३७
२ वैशाख,काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक विभिन्न संस्थाका २० हजार ४६७ जनाको निवेदन परेको बताएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार विभन्न ६५ संस्थाबाट उक्त संख्यामा पर्यवेक्षकले निवेदन आएको हो ।
आयोगले चैत १३ गते निर्वाचन पर्यवेक्षण गर्न चाहने संस्थाहरूलाई विद्युतीय माध्यम (इमेल)बाट निवेदन दिन १५ दिनको म्याद जारी गरेको थियो । स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइएको थियो ।
पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको र ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेकोमा पुरुष ११ हजार ६९४ , महिला ८ हजार ४८२ र अन्य २ सय ९१ जना रहेको आयोगले जनाएको छ ।
आयोगमा परेका निदेवनको अहिले छानविन भइरहेको छ । ती संस्थाका निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्बन्धि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार