मेयर उपमेयर छान्न पोखरामा एमालेको मनोनयन दर्ता सकियो,मतदान सुरु हुँदै
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १७:६:४४
२ वैशाख, पोखरा । नेकपा एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नौजनाले नाम दर्ता गराएका छन् ।
मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।
उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ । यसअघि आकांक्षा देखाएका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी, हरिमाया गुरुङ पनि थिए । उनीहरूले मनोनयन भने दर्ता गरेनन् । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।
अहिले अझै आकांक्षीलाई मिलाउने प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसके यहाँ दुई गुटबीच प्रतिश्पर्धा हुने छ । केन्द्रीय सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आ–आफ्ना प्यानल बनाउने बुझिएको छ ।
स्रोतका अनुसार अधिकारी ग्रुपबाट मेयरमा दर्शन लामा, कृष्ण थापा र सावित्री भण्डारी तथा गुरुङको प्यानलबाट पुष्पज्योति ढुंगाना, मीना गुरुङको नाम पक्का जस्तै छ । अर्को एकजना अझै खोजी भइरहेको छ । अहिले गुरुङ प्यानलको बैठक साइमन पार्टी प्यालेसमा बसिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार