‘आयात प्रतिस्थापनको बिकल्प कृषि यान्त्रिकरण’
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १८:३२:३२
♦ प्रकाश डोटेल
१ बैशाख, स्याङ्जा । निर्यातको तुलनामा आयात बढ्दै जाँदा देशमा बिदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाबहरु देखिन थालेको छन् । त्यसैको प्रभाबले बैंकहरुमा तरलता अभाब बढ्दै गएको छ भने व्यवसायीले लगानी योग्य रकम पाउन मुश्किल मात्रै छैन्, अत्यावश्यक वस्तुको आयातमा प्रतिबन्धित हुने अवस्था सृजना हुन लागेको छ ।
देशको अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई कम गर्न र आयात प्रतिस्थापनको बिकल्प केबल कृषि क्रान्तिबाट मात्रै सम्भब भएको मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले बताएका छन् । आधुनिक युगमा चुनौती पूर्ण बन्दै गएको परम्परागत कृषिलाई यान्त्रिकरण गरेर मात्र आयात प्रतिस्थापन गर्न सकिने अध्यक्ष ढकालले बताएका छन् ।
मुद्राको अवमूल्यन, विश्वव्यापी मूल्यवृद्धि, तरलता अभाव, रेमिटान्स र पर्यटन क्षेत्रबाट हुने आयमा उच्च गिरावट आउँदा समेत खाद्यान्न, तरकारी, तेल, इन्धनदेखि बहुमूल्यका सामग्री निरन्तर आयात हुनुसँगै देशको विदेशी मुद्रा सञ्चिति घट्नुले अर्थतन्त्र दुर्घटना उन्मुख छ भन्ने देखाएको जिकिर गर्दै अध्यक्ष ढकालले समयमै कृषिको यान्त्रिकरणसँगै उत्पादनमा वृद्धि गर्नुको बिकल्प नरहेको दाबी गरे ।
संकाटान्मुख अर्थव्यवस्थालाई सहि लिकमा ल्याउन कृषि क्षेत्रमा लगानी र यान्त्रिकरण बढाएर उत्पादनमा बृद्धि गरेर त्यसको बजारिकणमा सहजता ल्याउने उद्देश्यले देशभरका अगुवा लगानीकर्ताको लगानीमा मुक्तिनाथ कृषि कम्पनी संचालनमा ल्याएको समेत अध्यक्ष ढकालले जानकारी दिए । कृषिमा रोजगारी सृजना गरेर दिगो रुपमा उत्पादन बढाउन सकेमात्रै स्वतः आयात निरुत्साहित हुने निश्चित छ ।
देशमै उत्पादन हुने र गर्न सकिने कृषिजन्य वस्तुको आयातमा वर्षेनी अरबौं रुपैयाँ बाहिरीएको छ । कृषिको उत्पादन बढाएर वर्षेनी विदेशीने रकमलाई रोक्न सके ४० प्रतिशतको हाराहारीमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा योगदान रहेको कृषिको हिस्सालाई ७० प्रतिशतमा पु¥याउनु आवश्यक रहेको ढकालले जिकिर गरे ।
आयातलाई निरुत्साहित गर्नका लागि झण्डै ४० करोड अधिकृति पुँजीको लागतमा काडमाडौंमा स्थापित मुक्तिनाथ कृषि कम्पनीले देशका सातै प्रदेशमा शाखा कार्यालय खोलेर कृषिमा लगानी वृद्धि गर्न थालेको छ । समयानुकुलको विउ, त्यसमा प्रयोग हुने यन्त्र र आवश्यक पर्ने जनशक्ति जुटाउन कम्पनीले लगानी गर्न थालेको छ ।
कम्पनीले जिल्ला जिल्लमा रहेका सहकारी मार्फत कृषकहरुसँग जोडिएर उत्पादन गर्न र त्यसको बजारिकणमा सहजीकरणको काम थालेको छ । कम्पनी मार्फत केहि समयभित्र निर्यात योग्य वस्तु उत्पादन गरेर नेपाललाई कृषिजन्य वस्तु निर्यात गर्ने देश बनाउने लक्ष्य रहेको ढकालले सुनाए ।
पहाडी भु–भागमा मौसमी तथा बेमौसमी तरकारी खेती, सुन्तला, अलौची, कफि र तराई क्षेत्रमा धान, गहुँ, मकै, दलहन र तेलहन खेतीका लागि नर्सरीमा तयार भएका उन्नत जातको विउ लगाउन कृषकलाई आग्रह गरिएको उनले बताए । नर्सरीदेखि उत्पादनसम्म र उत्पादित वस्तुको बिक्रीविरतण तथा बजारिकणमा कम्पनीले सहजीकरण गर्ने ढकालले बताए ।
कृषि पेशामा रोजगारी हुने जुनसुकै उमेर समूहसँगको सहकार्यमा कम्पनीले माटो परिक्षण गर्ने यन्त्र उपलब्ध गराएर सम्भाबित जमिनमा हुने खेती त्यसको लागत मुल्य निर्धारण कम्पनीले गर्नेछ । उत्पादित वस्तुको बजार मुल्यमा कम्पनी मार्फत खरिद बिक्रीको समेत व्यवस्था गरिने छ ।
“कृषिजन्य उत्पादनमा चुनौती छन् तर हामीले कम्पनीको सहकार्यमा उत्पादित वस्तुको वर्गिकरण गरेर निर्यात योग्य र नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा छौं ।” मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले भने, “उत्पादन गर्न लाग्ने र खोज्ने कृषकलाई हामी मल, विउ र लगानी गर्ने रकम अभाब हुन् दिन्नौं ।” हाम्रै लगानी, हाम्रै बजार कृषक सुरक्षित उनले भने ।
आयात हुने वस्तुलाई प्रतिबन्धित हुने अवस्था आउन दिने होईन्, त्यसलाई त हामीले निरुत्साहित गर्न आवश्यक रहेको ढकालको बुझाई छ । आयात हुनु र निर्यात गर्नु दुबै जरुरी हुन्छ भन्ने ढकालले आयातलाई प्रतिस्थापन गर्दै हाम्रो उत्पादनलाई निर्यातमुखी बनाउन लाग्नुपर्ने आवश्यकता औल्याए ।
निर्यातमुखी उत्पादनमा सरकारले लगानी गरे मुलुक आत्मनिर्भर बन्ने बताउँदै बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले निर्यातमुखी उत्पादनमा सरकारलाई अनुदान बढाउन आग्रह गरे । कृषिजन्य उद्योग दर्ता गरेर कागजात मिलाएकै भरमा पाउने अनुदानलाई रोक लगाएर उत्पादित वस्तुको मात्रा वर्गिाकरण गरेर त्यसैको आधारमा अनुदानलाई प्रोत्साहन गर्न उनले सरकारलाई सुझाए ।
हातमा सिप र मनबाटै जाँगर सृजना गर्न सक्ने जोकोहिलाई पनि अब कृषिमा बिचलन आउन नदिने कम्पनीले अठोट गरेको बताउँदै अध्यक्ष ढकालले कृषिको गुणस्तरीय उत्पादनमा सहकार्य गरेर देशलाई आत्मनिर्भर बनाउँदै अगाडी बढ्न आग्रह गरे । उनले कृषिमा आधारित उत्पादनमा लाग्ने इच्छा भएका व्यक्तिलाई कम्पनीले जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
(ढकालसँगको कुराकानीमा आधारित)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार