सपना बाँडेर भ्रम नछर्ने कांग्रेसकाे घोषणापत्रः गठबन्धनप्रति नरम, विपक्षीप्रति गरम
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १९:४८:२३
२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले भोली शनिबारबाट स्थानीयत तह निर्वाचनका लागि घोषणपत्रको मस्यौदा लेख्न सुरु गर्दैछ । विभिन्न क्षेत्रसँग सुझाव लिएर तयार पारिएको घोषणापत्रको संक्षिप्त प्रारुपलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले यसअघिनै पारित गरिसकेको छ ।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको समितिले यसअघि तयार पारको संक्षिप्त खाकामा सत्ता गठबन्धनमा रहेका दलहरुलाई भन्दा विपक्षी एमालेलाई मुख्य राजनीतिक सत्रुका रुपमा लिएको छ । घोषणापत्रमा विशेषतः ओली कार्यकालको चर्चा राजनीतिक पाटोमा धेरै देखिन्छ ।
शनिबारदेखि लेख्न सुरु गरेर त्यसलाई अन्तिम रुप दिएर कांग्रेसले बैशाख ११ गते घोषणापत्र जारी गर्ने कार्यतालिका बनाएको छ । घोषणापत्रमा आर्थिक समृद्धि, सामाजिक, पूर्वाधार विकास र सुशासन लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।
घोषणपत्रको संक्षिप्त प्रारुपमा ‘स्थानीय तहले गर्ने संकल्पमा कांग्रेसले कोखदेखि शोकसम्मको सामाजिक कार्यक्रम अभियान अघि सार्ने भनिएको छ । शिक्षा, स्वास्थ्य, स्थानीय पूर्वाधार विकास, प्राकृतिक स्रोत र पर्यावरण, कृषि, उद्यमशीलता, रोजगारी, सामाजिक सुरक्षा र गरिबी निवारणका कार्यक्रमलाई विशेष जोड दिएको छ ।’
पाँच वर्षको सिकाइ र भोगाइबाट आगामी यात्रा तय गर्नुपर्ने भन्दै त्यसका लागि असल शासन र जवाफेदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत र कानुनी सुधार, संस्थागत विकास र सबलीकरणलाई कांग्रेसले लक्ष्य बनाएको छ । केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षमा रहँदा कांग्रेसले तत्कालीन सरकारका अनियमिता, कुशासन, भ्रष्टाचार र राष्ट्रिय अहितका काममा खबरदारी र प्रश्न उठाएको छ ।
घोषणापत्र समितिका सदस्य गुरुराज घिमिरेको भनाइमा पालिकाहरूले पूरा गर्न सक्ने कार्यक्रम र योजनालाई मात्रै राखिनेछ । अन्य राजनीतिक दलले जस्तो सपना बाँडेर भ्रम छर्ने काम कांग्रेसको घोषणपत्रमा आउने छैन भने दुई तिहाइ समर्थनमा बनेको तत्कालीन नेकपा नेतृत्वको सरकारको कार्यकालको विश्लेषण व्यापक हुनेछ ।
प्रदेश र स्थानीय तहमा नेकपा नेतृत्वमा बनेका सरकारले गुमाएका अवसर र कमजोरी मुख्य रुपले केलाउने र आफ्ना कार्यक्रम अघि सार्ने कांग्रेसको रणनीति छ । कांग्रेसले ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ र समुन्नत नगर, केन्द्रदेखि गाउँसम्म नेपाली कांग्रेसको सरकार’ नारा बनाएको छ । प्रतिपक्षमा रहँदा निर्वाह गरेको भूमिका पनि महत्वका साथ उठाइएको छ ।
घोषणापत्रको खाकामा समसामयिक राजनीति र अबको एजेन्डा, प्रतिपक्षमा रहँदाको भूमिका, पाँच वर्षको भोगाइबाट आगामी यात्रा, स्थानीय सरकारका जिम्मेवारीलगायत विषय समेटिएका छन् । स्थानीय सरकारको सबलीकरणका लागि कानुन निर्माण संघले बनाउनुपर्ने कानुन र संस्थागत संयन्त्रका काम एक वर्षभित्र पूरा गर्ने कांग्रेसको प्रतिबद्धता छ ।
स्थानीय निकायलाई जिम्मेवारी बनाउन उसले जवाफदेहिता, सामाजिक लेखा परीक्षण, पार्टी अडिट, पारदर्शिता र अनुगमन संयन्त्रलाई पनि जोड दिएको छ । घोषणापत्रको संक्षिप्त प्रारुपअनुसार मुख्य प्रतिस्पर्धी दल एमालेप्रति कांग्रेस आक्रामक देखिन्छ । सत्ता गठबन्धनमा सामेल दलहरूप्रति कांग्रेसको अघिल्लोपटकमा जस्तो नकारात्मक भाव छैन ।
घोषणापत्रमा कांग्रेसले माओवादीलाई खास विरोधको पाटोमा राखेको छैन । तर, ओली नेतृत्वको सरकारले जनादेशमाथि अपराध गरेको विश्लेषणसहित लोकतन्त्रको आधारभूत मूल्यमाथि आक्रमण गर्दै विकासको मोडल पनि उल्टो समातेको कांग्रेसको ठहर छ । संघको केन्द्रीकृत मानसिकता, हस्तक्षेप, नियन्त्रण, समन्वय र सहकार्यको अभावका कारण प्रदेश सरकार स्वतन्त्र ढंगले अघि बढ्न नसकेको लगायतका असफलता केलाउनेमा कांग्रेसको जोड छ ।
घोषणापत्र तयारीको जिम्मेवारीमा रहेका थापाले आर्थिक सामाजिक र विकासको रुपान्तरण नयाँ मोडलमा जाने कांग्रेसको उदेश्यदेखि राजनीतिक वर्गसत्रुका रुपमा मात्रै नभएर समग्र राष्ट्र विकासका लागि कम्युनिष्ट सत्ता असक्षम रहेको तथ्यलाई नेकपा एमाले र उसले नेतृत्व गरेको सरकारका काममा लगेर विश्लेषण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार