मतदान स्थगित गर्दै पोखरा महानगरमा एमालेले गर्यो मेयरका लागि १२ जनाको नाम सिफारिस
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार २१:३७:१९
२ बैशाख, पोखरा । पोखरा महानगरमा प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन स्थगित गर्दै १२ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । तोकिएको भन्दा बढी आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएपछि सहमति गर्ने भन्दै स्थगित गरिएको थियो ।
निर्वाचन कार्यतालिका प्रकाशन गरेर मतदानको समय घर्किएपछि एमाले पोखरा महानगर कमिटीले १२ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेर पठाएको हो । कार्यतालिका अनुसार १२ बजेबाट मतदान गर्ने कार्यक्रम राखिएको थियो । तर, सर्वसम्मती भन्दै पोखरा महानगरको प्रमुखमा आकांक्षी १२ जनाकै नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको एमाले पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले जानकारी दिए ।
महानगर प्रमुखको उम्मेदवार केन्द्रले टुंग्याउने भए पनि एमालेले वैशाख ३० गतेभित्रै उमेदवारका आकांक्षीको नाम सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन जारी गरेको थियो । तर, कास्की गृह जिल्ला भएका संगठन विभाग प्रमुख खगराज अधिकारी र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिव पद्मा अर्याल पक्षबीचको शक्तिसंघर्षका कारण महानगर कमिटीले तोकिएको मितिमा उम्मेदवार सिफारिस गर्न सकेन । भूगोलको आधारमा देशकै ठूलो र एमालेको बलियो पकड भएको पोखरा महानगरमा यी दुई पक्षबीच टकराब देखिएको छ ।
कम्तीमा एक महिलासहित बढीमा तीनजना उमेदवार सिफारिस गर्नुपर्ने निर्देशन एमालेको छ । सोही निर्देशन अनुसार बिहीबार राति दुवै समूहले आफ्ना उमेदवार टुंग्याएका थिए । सोही अनुरुप शुक्रबार निर्वाचन गर्ने कार्यतालिका थियो । अन्तिममा आएर महानगर कमिटीले आकांक्षी रहेका सबैलाई उपल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नगरप्रमुखको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा ११ जना उमेदवार थिए । प्रमुखको उम्मेदवारको अन्तिम टुंगो भने एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार टुंगो लगाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार