रोधीघरमा रात विताउने इच्छा राख्दै ओलीले भने, ‘एमाले प्रतिपक्षमा बस्ने पार्टी होइन’
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार २१:५७:४६
२ बैशाख, लमजुङ । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । लमजुङको घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।
जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहो¥याए । जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूूरा गर्ने बताए ।
उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले ’नेपालको पहिलो सुखी गाउँ’ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले ’सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।
ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । उनले लमजुङको घलेगाउँ पुगेर रोधीघरमा गाउने इच्छा व्यक्त पनि गरे । उनले रोधीघरमा रात बस्ने आफ्नो इच्छा रहेको सुनाए ।
“देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले होलान् । रोधीघर बस्न गाह्रो भयो होला । रोधीघर थियो भने मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो,” उनले भने, “सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो । मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार