केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसको निर्देशन, आचारसंहिता अनुगमनका लागि टोली गठन
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार २३:२५:१६
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यलय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको थियो ।
समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा गठबन्धनको मर्म विपरीत जान नहुने धारणा राखेका थिए । बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।
चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको नेता नैनसिंह महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ । आचारसंहिता अनुगमन तथा निर्वाचन आयोगसँग समन्वयका लागि समिति गठन गरिएको छ ।
त्यस्तै, चुनाव परिचालनलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए । ‘केन्द्रीय समितिको निर्णय र सभापतिज्यूको निर्देशनबमोजिम आजको बैठकले ७५३ वटै स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन चुनाव परिचालनलाई तीव्र बनाउने निर्णय गरेको छ,’ महरले भने, ‘केन्द्रबाट सबै प्रदेशमा सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिने, प्रदेशबाट ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाउने र चुनाव परिचालनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।’
बैठकले भ्रातृ संघ समन्वय उपसमिति, शुभेच्छुक संस्था समन्वय एवम् परिचालन, जिल्लासँगको सम्पर्क, विदेशस्थित जनसम्पर्क समितिसँग समन्वय, अनुगमन तथा पर्यवेक्षण, सुरक्षा समन्वय र आचारसंहिता अनुगमन उपसमितिहरू गठन गरेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति र त्यसको आधारमा भएको सत्ता गठबन्धनको निर्णयबमोजिम गठबन्धनलाई थप प्रभावकारी बनाउने गरी चुनाव परिचालनलाई अघि बढाउन निर्देशन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार