मेगा बैंकको कामु सीईओमा रविना देशराज
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शनिबार ०:२२:४२
२ बैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नियुक्त गरेको हो ।
विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन् ।
मेगा बैंकको स्थापनादेखि नै नायव महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको बाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा चार बर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सीईओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
३१ बर्षको बैंकिङ सेवामा ४ बर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंक नेपाल लिमिटेडमा १२ बर्ष भन्दा बढी अवधि सेवा गरेकी खुञ्जेलीलाइ बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । आफ्नो चार बर्षे कार्यकाल पूरा गरी बिदा भएकी खुञ्जेलीको सम्मानमा बैंकले बिदाई समारोहको आयोजना गर्ने पोखरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार