ओलीले घोषणा गरेको ‘सुखी गाउँ घले गाउँ’ कसरी जाने ?
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शनिबार २:६:३८
२ वैशाख, लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएकाे छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटन घलेगाउँ बिश्वमै रमणिय ठाउँ भएको बताए । उनलेे भने घलेगाउले नयाँ बर्ष सगै नयाँ कामको थालनी भएको छ मलाई बिश्वास छ घलेगाउ बिश्वमै सुन्दर र नमूना पर्यटकीय गाउले परिचीत हुनेछ ।
गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
२०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो, घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैसाख २०५७ मा प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।
घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । २०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो ।
घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट डेढ घण्टामै मोटरमा पुगिन्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार