आईपीएल क्रिकेटमा कोलकाताद्वारा हैदराबाद पराजित
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १२:३३:४५
३ बैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ।
जितसँगै हैदराबाद ५ खेलमा ३ जित र २ हारसहित सातौं औं स्थानमा उक्लिएको छ। जितको लागि पछ्याएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादलाई तेस्रो जित दिलाउन राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए भने एडेन माक्ररम ३६ बलमा ६८ रनमा अविजित रहे। कोलकाताका आन्द्रे रसेलले २ तथा पाट कमिन्सले एक विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो। कोलकाताका नितिश रानाले ३६ बलमा सर्वाधिक ५४ रन बनाए। तल्लोक्रममा आन्द्रे रसेलले २५ बलमा अविजित ४९ रन जोडे । हैदराबादका उमरन मलिकले २, टि नटराजनले ३ विकेट लिए भने मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथको नाममा १–१ विकेट रह्यो ।
प्रतियोगितामा आज पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच हुनेछ भने दोस्रो खेलमा दिल्ली र बैंग्लोर आमनेसामेन हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार