महालक्ष्मी विकास बैंकले गर्यो डस्टविन हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १४:३६:३९
३ वैशाख, काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो ।
शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बास्तोलाले जानकारी गराए । एक विशेष कार्यक्रमकाबीच बैंकका शिशुवा शाखाका प्रबन्धक बास्तोलाले युवा क्लवका अध्यक्ष निर्भान देवानलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।
सोहि कार्यक्रममा बोल्दैे युवा क्लवका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । स्थानिय नगर वरपर फोहरमैला व्यावस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ । यस बैंकले कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार