पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १५:४०:३७
३ वैशाख, काठमाडौं । धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षाा देखाएका छन । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।
बर्दिबास नगरपालिकाका वडा(१ का अध्यक्षका अाकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालीको सत्ता सञ्चालन युवाहरुले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ ।
ञपार्टीले युवाहरुलाइ अग्रसर बनाएर नयाँ राजनैतिक धारको बिकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छझ , उनीहरु दुबैको साझा भनाइ छ । त्यस्तै बर्दिबास(१०, ११ तथा वडा न.३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न।३ का गणेश बस्नेत, पुर्ण वहादुर, नर वहादुर खनाललगायतले अाकांक्षा देखाएका छन ।
अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोडन सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिको क्षमता र सोचलाइ हेरेर आफ्नो मत प्रयोग गर्ने वताइरहेको वेला युवा सहभागीतालाइ महत्वपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै अन्य वडाका युवाहरुले पनि अकाङक्षा देखाएका छन । पाटीले युवा सहभागीतालाइ जोड दिने वताइरहेको वेला युवाहरुको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् । राजनैतिक संस्कारलाइ परिवर्तन गर्नपनि युवाहरुले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्ले, वडा न.४ का हरि काफ्ले बताउँछन् ।
यसैबीच नेपाली कांग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरुमा उम्मेदवार टुंगो लगाएत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ । नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । अाकाक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार