गठबन्धन कायम राख्नु कांग्रेसको बाध्यता हो, तालमेलको अधिकार स्थानीय कमिटीलाई भएकाले अलमलिनु पर्दैनः महामन्त्री थापा
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १६:२१:४०
३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्लै चुनाव लडेर जित हासिल गर्ने सामथ्र्य भएपनि अहिलेको सत्ता गठबन्धन कायम राख्नु कांग्रेसका लागि बाध्यता भएको बताएका छन् ।
उनले गठबन्धन नगरी निर्वाचनमा जाँदा कम्युनिष्टहरुबीच गठबन्धन बन्ने र त्यो एकतामा समेत परिणनत हुन सक्ने अवस्थालाई रोक्नु कांग्रेसका लागी अपरिहार्य भएको बताएका छन् ।
बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो समिति स्वतन्त्र रहेकोयक नभएको बताए । उनले स्थानीय तहको आवश्यकता र औचित्यताका आधारमा तालमेल गरेर जाने पार्टीको निर्णय असान्दर्भिक नभएको थापाको भनाई छ ।
अहिले पनि विभिन्न जिल्लामा स्थानीय समितिहरुले तलमेल गर्ने कि नगर्ने भन्ने निर्णय गरिरहेको र त्यसलाई केन्द्रले स्वीकार गरेको बताए । उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ, नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन । केन्द्रले हस्तक्षेप गर्दैन ।’
गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उनले यसको अधिकार तल्लो कमिटीलाई भएको दोहोर्याए ।
थापाले नेपाली कांग्रेस एक्लै चुनाव नलड्नुको कारण अन्य दलहरू गठबन्धन गरेर जाने र एकतासमेत गर्नसक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार