एमाले लमजुङमा चार नगरपालिका प्रमुखमा २३ र उपप्रमुखमा १२ जना आकांक्षी
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १६:३३:९
३ बैशाख, लमजुङ । स्थानीय तह निर्वाचनमा एमाले लमजुङमा नेकपा एमाले लमजुङमा आकांक्षी धेरै देखिएका छन । वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन ।
चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन । चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन ।
बेंसीशहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ । उपप्रमुखमा पद्ममा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन ।
सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्रसहित ७ जनाले दाबी गरेका छन । उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन ।
मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठसहित ६ जना आकांक्षी देखिएका छन । सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन् ।
राइनास नगरपालिकामा हालका नगरप्रमुख सिंहबहादुर थापासहित ४ जनाले प्रमुख पदमा दाबी गरेका छन । उपप्रमुखमा पनि ४ आकांक्षी छन । मस्र्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३/३ जनाले दाबी गरेका छन् ।
दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकांक्षा देखाएका छन ।
दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकांक्षा देखिएका छन । क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार