सत्ता गठबन्धनले भरतपुरको मेयरसहित आइतबारभित्र चुनावी तालमेलको टुंगो लगाउँछः प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १७:१२:१९
३ बैशाख, भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइबारसम्ममा गठबन्धनभित्र विवादित महानगरसहित अरुको पनि चुनावी तालमेलमा सहमति जुटिसक्ने बतएका छन् ।
उनले चितवन भरतपुरको मेयर कांग्रेस वा माओवादी कस्ले पाउने भन्ने टुंगो आइतबार साँझसम्ममा लाग्ने बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारहरूसँग उनले आजै गठबन्धनमा चुनावी तालमेलको खाका तयार हुने बताए ।
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
सहमतिका लागि भएका छलफलमा विमति हुन स्वाभाविक रहेको उनको भनाइ थियो । निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार