जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १७:५८:३३
३ वैशाख, कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।
दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै बिभाजित भएका दुई पार्टीका नेताहरुले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । दुई पार्टीबीच पहिलो पटक कैलालीमा गठबन्धन भएको हो ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएका छन् । सुदुरपश्चिम सरकार पुनर्गठन हुदाँ असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो ।
यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो । नयाँ गठबन्धनको घोषणामा जसपा जिल्ला अध्यक्ष गयाप्रसाद चौधरी, लोसपा जिल्ला अध्यक्ष कृष्ण चौधरी, लोकतान्त्रिक पार्टीका अध्यक्ष माधव थारुलगायतले हस्ताक्षर गरेका छन । सो घोषणा गरेसँगैँ सुदुरपश्चिममा औपचारिक गठबन्धन टुटने यो दोस्रो जिल्लामा दरिएको छ । हिजो मात्रै डोल्पामा पाँच दलबीच गठबन्धन गर्न नसकिने भन्दै राजनीतिक संयन्त्रको बैठकले प्रदेश कार्यालयलाई पत्र पठाईएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार