दक्षिण ललितपुरको प्युटार जंगलमा आगलागी

नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १८:४:३५

३ बैशाख, ललितपुर । दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ ।
उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’ निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए ।
आगो फैलदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार