कांग्रेसले माओवादीलाई अति उपेक्षा र अबमुल्यन गर्यो
नेपालबहस संवाददाता
बैशाख ३, २०७९ शनिबार १९:२८:४६
३ बैशाख, संखुवासभा । आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आरोपप्रत्यारोप सुरु भएको छ ।
पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको हो । दुवैले गठबन्धन नहुनुमा एक अर्कालाई दोष लगाउन थालेका छन् ।
माओवादीले कांग्रेसको आन्तरिक कलह समाधान हुन नसक्दा जिल्लामा चुनावी गठबन्धन गर्न नसकेको आरोप लगाएको छ । निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच गठबन्धन गर्ने कोसिस अन्ततः कांग्रेसका कारण सम्भव हुन नसकेको भन्दै जिल्लामा सहमति गर्न नसकिएको माओवादी जिल्ला अध्यक्ष टेकमान राईले आरोप लगाएका हुन् ।
‘२ बैशाखको बैठकमा सहभागी सबै दलको तर्फवाट आ–आफनो धारणा राख्ने काम भयो तर नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरूबीच पालिकाहरूमा गर्ने बिषयमा भएको सकस र कांग्रेसबाट हाम्रो पार्टीलाई अति उपेक्षा र अबमुल्यन गरेको कारण यस जिल्लामा सहमति गर्न नसकिएको निष्कर्षमा पुगिएको हो,’ राईले प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त बिषयको जानकारी प्रदेश र केन्द्रको संयन्त्रलाई गराउने सहमति भएको साथै गठबन्धन भने नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने गरी बैठकबाट बाहिरिएलगत्तै कांग्रेसले एकतर्फी रुपमा माओवादीसँग गठबन्धन टुटेको घोषणा गरेको छ ।’
आफ्नो दलभित्र उत्पन्न समस्या व्यवस्थापन गर्न र अन्य सहयात्री दलको अस्तित्वलाई स्वीकार्दै आवश्यक लचकता अपनाउनुको साटो कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्म विपरित एकपक्षीय रुपमा गठबन्धन तोडेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय भएको माओवादी केन्द्रको भनाइ छ ।
खाँदबारीमा चार दिनसम्म चलेको बैठकबाट स्थानीय तहको भागबन्डा गर्न नसकेपछि पाँच दलीय गठबन्धनको बैठक नै छाडेर माओवादी केन्द्र बाहिरिएको थियो ।
गठबन्धनको बैठकबाट बाहिरिएपछि कांग्रेस जिल्ला सभापति दीपक खड्काले संखुवासभामा गठबन्धन टुटेको घोषणा शुक्रवार गरेपछि माओवादीले शनिवार प्रेस विज्ञप्ति जारी गरेर प्रष्टिकरण दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार