४ वैशाख, ताप्लेजुङ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको छ तर, ताप्लेजुङका राजनीतिक दलहरुले उम्मेरदर छनाेट गर्न सकस भएको छ । पाँच दलीय गठबन्धनले अझै भागबन्डा मिलाउन सकेको छैन । गठबन्धनमा आवद्ध दलहरूमा बढीभन्दा बढी आफ्नो पार्टीले चुनाव जिताेस् भन्ने साेचले उम्मेद्वार छनाेटमा अलमलमा परेका छन् ।
गत चैतको पहिलो साता पहिलोपटक ताप्लेजुङमा जनता समाजवादी पार्टीले एक पत्रकार सममेलन गरि आफ्नो उम्मेद्वार घोषणा गरिसकेको छ । एमालेले पाँच स्थानीय तहमा सहमतिमा आफ्नो उम्मेद्वार छनाेट गरेको छ । तर, औपचारिक घोषणा भने गरेको छैन । एमाले पार्टीले केही पुरानै अध्यक्षहरुलाई दाेहोर्याएको छ ।
पाथीभरा याङवरक गाउँपालिकामा केशकुमार मेन्याङबो र रनमाया गुरुङ अध्यक्ष र उपाध्यक्ष दोहोर्याएको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बू दोहोरिने भएका छन् । सिरिजंगा गाउँपालिका-३ का वडा अध्यक्ष सन्तोष चाम्लिङ आउँदो स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको लागि उम्मेदार बनेका छन् ।
उपाध्यक्षको उम्मेद्वारमा तुलसा बस्नेत सिफारिस भएको ताप्लेजुङ एमाले स्रोतले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष लागि दिपेन पोमु र उपाध्यक्षका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ता आङबुहाङलाई आन्तरिक सहमतिबाट उम्मेद्वार चयन गरिएकाे छ ।
नौवटा स्थानीय तह रहेको ताप्लेजुङमा चार स्थानीय तहमा अन्तरिक सहमति जुट्न नसकेपछि प्रदेश कमिटिमा पठाएको प्रचार विभाग प्रमुख मणि पोमुले बताए । नौ स्थानीय तह रहेका ताप्लेजुङमा अधिकांस वडाहरूमा पनि पुरानो वडा अध्यक्षहरु दोहोर्याउने तयारीमा रहेको ताप्लेजुङ नेकपा एमाले पार्टीले जनाएको छ ।
यता गठबन्धन भने भागबन्डामै अल्झेको छ । पाँचौंपटक औपचारिक र अनौपचारिक छलफल गरे पनि अहिलेसम्म निकास निकाल्न सकेको छैन । आ-आफ्नो दावी कायम गरिरहेको छ । कांग्रेसले फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहको प्रमुख दावी गर्दै आएको छ ।
माओवादी केन्द्रले तीन स्थानीय तहको अध्यक्ष र ६ उपध्यक्ष दावी गर्दै आएको छ । उता एकीकृत सामाजवादी पार्टीले एक स्थानीय तहको अध्यक्ष र दुई उपप्रमुख दावी गर्दै आएको छ । जनता समाजवादी पार्टीले एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष दावी गरेको छ ।
संघीय लिम्बूवान मञ्च नेपाल पार्टीले एक गाउँपालिको अध्यक्षको लागि आफ्नो दावी प्रस्तुत गरेको छ । तर, माग पूरा नहुने देखिएपछि चुनावी गठबन्धनको लागि वार्ता टोलीको चौथो बैठकबाट जनता समाजवादी पाटी र लिम्बूवान गठबन्धनको बैठकबाट बाहिरिएको जनाइएको छ ।
फक्ताङलुङ गाउँपालिका, मैवाखोला गाउँपालिका र सिरिजंगा वा सिदिङवा गाउँपालिकामा एक गरि तीन गाउँपालिकाको अध्यक्षको लागि माओवादी केन्द्रले दावी गर्दै आएको छ ।
नेपाली कांग्रेसले फुङ्लिङ नगरपालिका,पाथीभरा याङवरक, आठराई त्रिवेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजंगा गाउँपालिका र सिदिङवा गाउँपालिका गरि सात अध्यक्षको लागि दावी गर्दै आएको छ । त्यस्तै मिक्वाखोला वा मैवाखोला गाउँपालिका दुईमा एक गाउँपालिका अध्यक्षको लागि एकीकृत समाजवादी पार्टीले आफ्नो दावी प्रस्तुत गरेको छ ।
त्यस्तै ६१ वडामध्ये २० वडा अध्यक्ष माओवादी केन्द्रले दावी गरेको छ । एकीकृत समाजवादीले नौ वडा अध्यक्ष दावी गर्दै आएको छ । बाँकी ३२ वडा अध्यक्ष कांग्रेस र जनता समाजवादी र लिम्बूलाई पनि गठबन्धन समेटेर जाने योजनाका साथ वार्ता जारी रहेको जनाइएको छ ।
जनता समाजवादी पार्टी र संघीय लिम्बुवान मञ्च नेपाल पार्टीको पनि आफ्नो सम्भावना भएको वडाहरूमा वडा अध्यक्ष दिएर गठबन्धनमा समेटेर लैजाने योजना छ । एकीकृत समाजवादी पार्टीलाई दुई उपाध्यक्ष र समन्वय प्रमुख दिएर चित्त बुझाई दिने दाउमा नेपाली कांग्रेस र माओवादी केन्द्र छ । न्युज कारखाना