महोत्सवमा पाँच करोडको कारोबार
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार १९:११:२८
४ वैशाख, भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्तरुपमा आयोजना गरेको ११ दिने बृहत् छैठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आज अन्तिम दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।
गत चैत २४ गतेदेखि भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गामा सुरु भएको महोत्सवमा ११ दिनमा तीन लाखले अवलोकन गरेको जानकारी दिँदै संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सव अवधिभर उक्त कारोबार गरेको जानकारी दिए।
वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको र त्यसदिनयता दैनिक ३५ हजारदेखि ४० हजारले अवलोकन गरेको उनको भनाइ छ ।
सस्तो र गुणस्तरीय दैनिक उपभोग्य सामान एकैथलोमा पाउने भएपछि महोत्सवमा उपभोक्ताको भीड लागेको जनाउँदै उनले लत्ताकपडा, जुत्ता र अन्य घरासी सामानमा उपभोक्ताको आकर्षण बढेको र त्यस्ता सामानको कारोबार बढी भएको उनले बताए ।
महोत्सवमा दैनिक उपभोग्य खाद्यान्नका सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटो मोबाइल, विद्युतीय मेशिन कृषि औजार, मोबाइल तथा विद्युतीय सामानको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी, एशियाकै उत्कृष्ट बालउद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुतिसहितका २१० कक्ष राखिएको अध्यक्ष महतले जानकारी दिए ।
महोत्सव विभिन्न सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि सामान खरिद गर्नेको भीड लागेको थियो । महोत्सवमा बालबालिकाका लागि सञ्चालन गरेका विभिन्न खेलौनामा पनि भीड लागेको थियो । बच्चादेखि युवा युवायुवती र सबै वर्गका पारिवारिक वातावरणमा महोत्सव आयोजना गरिएकाले महोत्सवमा आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।
दैनिक चर्चित गायक गायिका तथा कलाकारले साङ्गीतिक एवं हास्यव्यङ्ग्य प्रस्तुतिले युवा वर्गको आकर्षण बढाएको आयोजक मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार