महानगर र उपमहानगरको सिट बाँडफाँट सोमबार सकिने, काठमाडौं महानगरका ३२ वटै वडा जित्ने कांग्रेसको दावी
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार १९:१२:१७
४ वैशाख, काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले सोमबार साँझसम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने सहमति गरेको छ । सहमति नजुटेका महानगर र उपमहानगमा मित्रवत प्रतिस्पर्धा गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबारसम्ममा महानगर र उपमहानगरको उम्मेदवारीबारे टुंगो लाग्ने बताए । भोलि पुनः गठबन्धनको बैठक बस्ने र देशैभरि चुनावी तालमेलेको अवस्थाबारेको प्रतिवेदनमाथि छलफल र समीक्षा गरी अन्तिम निर्णयमा पुग्ने सहमति भएको उनले बताए ।
गठबन्धनको केन्द्रीय संयन्त्रले सोमबारभित्र केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको छ । अहिले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका संयन्त्रले गठबन्धनभित्र सिट बाँडफाँटको आधार र मापदण्डमाथि छलफल गरिरहेका छन् ।
यता, सत्तारुढ गठबन्धनलाई काठमाडौं महानगरपालिकामा नै स्थानीय तह चुनावमा तालमेल गर्न सकस हुने देखिएको छ । नेपाली कांग्रेस महानगरपालिका समितिले कुनै हालतमा गठबन्धन गर्न नहुने भनेको छ । कांग्रेसभित्रै पनि मेयर र उपमेयरका विषयमा मत विभाजन देखिएको छ ।
गठबन्धनको प्रमुख घटक कांग्रेसको काठमाडौं महनगर समितिको बैठकमा आइतबार स्थानीय तह चुनाव एक्लै जित्ने अवस्था रहेको आवाज उठेको छ । जमलमा बसेको बैठकमा बोल्ने ३२ वटै वडा सभापति तथा नेताले अहिले काठमाडौं महानगरको कांग्रेस संगठन एक्लै जित्ने गरी बलियो बनेको दाबी गर्दै गठबन्धनमा जान नहुने बताएका छन् ।
बैठकमा उपस्थित वडाका सभापतिले आफू बलियो भएको ठाउँमा तालमेल नगर्ने भन्ने कुरा केन्द्रबाट नै आएको दाबी गर्दै काठमाडौं महानगरपालिकामा एक्लै लड्नुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार