नेताहरु गठबन्धनमा, कार्यकर्ता उल्लंघनमाः स्वतन्त्र उम्मेदवारी नेताहरूलाई चुनौती, जनतालाई भरोसा
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
बैशाख ७, २०७९ बुधबार १७:१९:५
![](https://nepalbahas.prixacdn.net/media/albums/bhesraj-4_pl00MUWwCB.jpg)
स्थानीय निर्वाचन नजिकिँदै गर्दा दलहरुमा कुन महानगरपालिका कसले पाउने ? उपमहानगर वा गाउँपालिका प्रमुख कुन दलले पाउने ? भन्ने माथापच्ची चलिरहेको छ । उता कार्यकर्ता भने नेताहरुले जेजस्तो निर्णय गरेपनि हाम्रो ठाउँमा हाम्रै दलको उम्मेदवार हुनुपर्छ, नभएर अरुलाई भोट दिँदैनौं भन्न थालेका छन् । यसले सत्ता गठबन्धनमा अप्ठ्यारो अवस्था सिर्जना गर्ने अवस्था देखिएको छ ।
विपक्षी एमाले राप्रपा नेपालसँग गठबन्धन गरेपनि सूर्य चिह्नबाटै चुनाव लड्ने भएपछि त्यति अप्ठ्यारो नपर्ला । एमालेमा पनि अरु दलबाट लगेका वर्तमान मेयर, पालिका प्रमुखलाई तिनै पद दिने आश्वासन दिइएकोमा पार्टी कार्यकर्ताले नमान्न सक्ने अवस्था देखिन थालेको छ । यी अवस्थाले जनशक्ति भएका दलहरुभित्रै असन्तुष्टिको आगो दन्कन सक्ने सम्भावना बढ्दै गएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी त अहिले रक्षात्मक अवस्थामा छन् । सकेसम्म गठबन्धनबाट अझ भनौं नेपाली कांग्रेसबाट कसरी बढीभन्दा बढी पद फुस्काउने भन्नेमा देखिन्छन् । अप्ठ्यारो कांग्रेसलाई बढी देखिएको छ । एक त गठबन्धनलाई कायम गरिरहन गठबन्धनका दलहरुलाई उपयुक्त सिट दिने र उनीहरुलाई जिताउने पनि चुनौती, अर्को, आफ्ना कार्यकर्ता मिलाउँदै बहुमत सिट कसरी हात पार्ने भन्ने फलामकाे च्यूरा चपाएजत्तिको अप्ठ्याराे अवस्थामा छ कांग्रेस ।
देउवाको तीनै तहका चुनावमा बहुमत ल्याएर फेरि पनि प्रधानमन्त्री बन्ने तुष्टी कसरी पूरा गर्ने ? पर्सा, भरतपुर, पोखरा जस्ता महानगरपालिकाका नेता, कार्यकर्ता गठबन्धन गर्न नदिने आवाज लिएर केन्द्रमा जाने क्रम बढ्दो छ । अरु पालिकामा पनि असन्तुष्टिको लहर बढ्दो छ । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ताले कसरी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाका कार्यकर्तालाई भोट देलान् ?
यही अवस्थामा महानगर तथा पालिकालाई कसरी विकास गर्ने, कसरी सुशासन दिने, कसरी भ्रष्टाचारमुक्त बनाउने ? भन्ने कुरा सोच्ने र जनतालाई बुझाएर भोट लिन स्वतन्त्र युवा उम्मेदवारहरु तम्सिन थालेको देखिएको छ । यसले कांग्रेस, एमाले तथा अन्य दलहरुलाई कडा चुनौती दिने सम्भावना टड्कारो देखिन थालेको छ । यसले शीर्ष नेताहरुलाई टाउको दुखाइ बन्न जाने र जनतालाई भने उत्तम विकल्प दिने त होइन ? सम्भावना टड्कारो देखिएको छ ।
पछिल्लो समय एमालेमा अरु पार्टीबाट नेता, कार्यकर्ता भित्राउने लहर, कांग्रेस तथा अरु दलमा एमालेका नेता, कार्यकर्ता भित्राउने होडले दलका नीति तथा सिद्धान्तले धोती लाउँदै गएको देखिएको छ । अझ एमालेका अध्यक्ष केपी ओलीले सरकारमा संलग्न गठबन्धन दलहरुका नेता, कार्यकर्तालाई तुरुन्तै चुनावमा सिट दिने, कसैलाई उनीहरुकै स्थानमा केन्द्र तथा प्रदेश सांसदको उम्मेदवार बनाउने आश्वासन बाँड्दै पार्टीमा भित्राउँदै गरिरहेका छन् । यसले कुनै न कुनै रुपमा उनको दल एमालेभित्र आन्तरिक रुपमा द्वन्द्व सिर्जना गर्ने देखिन्छ ।
अर्को, कांग्रेसमा देखिएको गठबन्धनविरुद्धका आवाजले गठबन्धनलाई कसरी टिकाइरहने ? देउवाको तीनै तहका चुनावमा बहुमत ल्याएर फेरि पनि प्रधानमन्त्री बन्ने तुष्टी कसरी पूरा गर्ने ? पर्सा, भरतपुर, पोखरा जस्ता महानगरपालिकाका नेता, कार्यकर्ता गठबन्धन गर्न नदिने आवाज लिएर केन्द्रमा जाने क्रम बढ्दो छ । अरु पालिकामा पनि असन्तुष्टिको लहर बढ्दो छ । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ताले कसरी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाका कार्यकर्तालाई भोट देलान् ? उनीहरुले लगातार रुपमा गठबन्धनका लागि सिट छाड्दै जाने हो भने हाम्रो संगठन कसरी गर्ने ? हाम्रा कार्यकर्ता र शुभेच्छुकको आस्था हामीप्रति कसरी कायम राखिरहने ? भनेर प्रश्न उठाइरहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको रणनीति दह्रो छ, सक्रियता बेजोड छ, प्रचार उधुम छ तर उनको मोडललाई कार्यकर्ताले स्वीकार्न ज्यादै कठिन छ । आज परम विरोधी भोलि त्यो क्षेत्रका मुख्य नेता बनेर सिटको दाबेदार बन्ने अवस्थामा एमालेका पुराना नेता, कार्यकर्ताले संगठन केका लागि गरि रहलान् ? अर्को, संगठन आफ्नै पक्षमा जोगाइरहलान् ?
कांग्रेस वरिष्ठ नेता डा.शेखर कोइरालाले गठबन्धन कांग्रेसका लागि प्रत्युत्पादक छ तर पार्टीको निर्णय मानेर जानुपर्छ भनेका छन् । महामन्त्री गगन थापा, विश्वप्रकाशदेखि अन्य नेताहरुले पनि यस्तै अभिव्यक्ति दिइरहेका छन् । यस्तो अवस्थामा कांग्रेसले गठबन्धन जोगाइराख्ला ? नेता, कार्यकर्तालाई कसरी सन्तुष्ट राख्ला ? यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस हो । उसले मुख्यगरी जसरी जुन आश्वासन दिएर भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता, कार्यकर्ता आफ्नो पार्टीमा भित्राएर यी दुई दललाई उठ्न नसक्ने बनाउने र कांग्रेसलाई पनि पछार्ने रणनीतिमा छ ।
यही समय स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लालायित शिक्षित तथा विभिन्न क्षेत्रमा चिनिएका व्यक्तिहरू स्वतन्त्र उम्मेदवार बनेर महानगरपालिका, नगरपालिका र गाउँपालिकामा मेयर तथा प्रमुखमा प्रतिस्पर्धा गर्न तम्सनुले कांग्रेसलाई धेरै ठूलो चुनौती दिने अवस्था छ । एमाले अध्यक्ष केपी ओलीको रणनीति दह्रो छ, सक्रियता बेजोड छ, प्रचार उधुम छ तर उनको मोडललाई कार्यकर्ताले स्वीकार्न ज्यादै कठिन छ । आज परम विरोधी भोलि त्यो क्षेत्रका मुख्य नेता बनेर सिटको दाबेदार बन्ने अवस्थामा एमालेका पुराना नेता, कार्यकर्ताले संगठन केका लागि गरि रहलान् ? अर्को, संगठन आफ्नै पक्षमा जोगाइरहलान् ? यो धेरै ठूलो चुनौतीको विषय हो ।
समाजमा चिनिएका, शिक्षित, हामी केही गर्छौं भन्ने व्यक्तिहरु स्थानीय तहमा उम्मेदवार बन्दा विद्यमान दलहरुलाई चुनौती थप्ने नै छन् तर यस्ता युवा उम्मेदवारले जनतालाई भने सन्तोष दिने सम्भावना बढी छ । जनता दलहरुप्रति वाक्कदिक्क भएको अवस्थामा वैकल्पिक उम्मेदवार छान्न पाउनेछन् । विकास गर्न, सुशासन दिन, भ्रष्टाचार हटाउन, जनताको सेवा गर्न मेरो उम्मेदवारी भन्दै युवाहरु अगाडि आउन जुर्मुराउन थालेको देखिँदै छ । स्थानीय स्वायत्त शासनको संविधानले व्यवस्था गरेकाले यस्ता जनप्रतिनिधि विकासका बाहकका साथै जनताका आस्थाका केन्द्र बन्ने सम्भावना बढी छ ।
समग्र रुपमा राष्ट्रको गतिलाई मोड्ने क्षमता छ कि छैन तर भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तै काम गरेर त्यहाँका जनताको मन जितिरहेका छन् । अहिले फैलिएर उनको जनअनुमोदन पञ्जाव प्रान्तसम्म पुगेको छ । नेपालमा पनि केही गरौं भन्ने व्यत्तिहरुले महानगरपालिका, नगरपालिका तथा गाउँपालिकालाई नमूना बनाउँदै लगे भने नेपालको राजनीतिको कोर्स परिवर्तन हुन बेर लाग्ने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार