कांग्रेसबाट पोखरा महानगरको मेयरमा १८ र उपमेयरमा १० जनाले दिए आवेदन
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २२:२७:१६
४ वैशाख, पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न इच्छुकहरुलाई दिएको समयभित्र १८जनाले आवेदन दिएका छन् । मेयरमा बहालवाला मन्त्रीसहित १८ जना र उपमेयरमा १० जनाको आवेदन दिएका छन् ।
मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएकोमा यति निवेदन परेको महानगर समतिले जानकारी दिएको छ । गण्डकी प्रदेशका कानुन, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम टिपाएका कांग्रेसले जनाएको छ ।
यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका छन् ।
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए । कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार