मैले जानेर दुई पैसा पनि भ्रष्टाचार गरेको छैनः सभामुख सापकोटा
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २२:४६:३८
४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफुले अहिले सम्म जानेर दुइए पैसा पनि भ्रष्टाचार नगरेको बताएका छन् । उनले भ्रष्टाचार देशको गम्भीर समस्या भएको भन्दै यसलाई तत्काल नियन्त्रण नगर्ने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी पनि दिएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्ध कारवाही नसोझ्याउने हो भने मुलुकलाई सखाप बनाउने बताए ।
भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैं रहने प्रतिबद्धता व्यक्त गर्दै सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत रहँदै त्यसलाई खवरदारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।
उनले भने, ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा र मलाई लाग्दछ यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको राष्ट्रियतासँग जोडिएको कुरा हो । खबरदारी गरेनौं भने यसविरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ ।’
यस क्रममा सापकोटाले सात वटै प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान लैजानु पर्ने बताए । त्यसमा आफ्नो पूर्ण समर्थन रहने उनले बताए । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको कार्टुन प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुन बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार