एकीकृत समाजवादीले पोखराको मेयरमा ६ जनाको नाम पठायो
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २३:५६:५०
४ चैत, पोखरा । नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।
६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ । यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।
उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएको छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र रुपामा कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।
धनराज र श्रीनाथ महानगरमा हेभीवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन । तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ । त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’
अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार