गाउँपालिकाले गरेको लोभलाग्दो काम: आफैले बाख्रापालन गरेर आफैले बेच्छ
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ सोमबार १:३६:३७
♦ जितेन्द्र थापा
४ वैशाख, सुर्खेत । दैलेखको भगवतीमाइ गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्धारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ ।
गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् ।
व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ । पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाइ गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढाले बताए ।
गाउँपालिकाको आर्थिक उन्नतिको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको भगवतीमाइ १ मा बाख्रा फर्म सञ्चालन गरिएको हो ।’
भगवतीमाइ गाउँपालिका १ को पगनाथमा एक करोडको लागतमा सञ्चालन गरिएको छ । वडा अध्यक्ष मान बहादुर बुढाका अनुसार कृषि पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्न २०७७ देखि बाख्रा फर्म सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले बाख्रा फर्म सञ्चालन गर्दा सुरुमा खरिजातको ५० वटा माउ बाख्रा चारवटा ठूलो बोका गाउँपालिकाले खरिद गरेको थियो । खोरमा अहिले एकसय १५ वटा बाख्रा रहेका छन् ।
पालिकाले सञ्चालन गरेको बाख्रा फर्म रेखदेख गर्नको लागि पालिकाले तीन जनालाई रोजगारी समेत दिएको छ । बाख्राको रेखदेख गर्नको लागि दुई जना बाख्रा हेरालु, र एक जना पशु प्राविधिक राखेको छ ।
कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँमै तीन जनालाई रोजगारी पाउँदा आफूहरू खुसी भएको प्राविधिक विमल थापा बताउँछन् । पालिकाले आफै बाख्रा फर्म सञ्चालन गरेर एक उदाहरण पेस गरेको छ,’उनले भने, ‘बाख्राबाट राम्रै नाफा भइरहेको छ । बाख्रालाई दानापानी र औषधी दिएको महिनामा २० हजार भए पुग्छ ।’
दुई वटा खोरहरू बनाएर ५०÷५० बाख्रा खरिद गरेर २०७७ मा खोरमा हालिएको थियो । तिनै एक सय वटा बाख्राबाट उत्पादन भएका बाख्रा समूहबाट बिक्री वितरण गरेर गाउँपालिका नाफामा रहेको वडा अध्यक्ष बुढाले बताए । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार