आइपिएल क्रिकेटमा चेन्नईमाथि गुजरातको रोमाञ्चक जित
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १२:१७:११
५ बैशाख एजेन्सी । भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्स सिएसके विरुद्ध गुजरात टाइटन्स ३ विकेटले विजयी भएको छ ।
गएराति सम्पन्न खेलमा चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डेविड मिलर र राशिद खानले उत्कृष्ट ब्याटिङ गरे । मिलरले ५१ बलमा ६ छक्का र आठ चौकासहित अविजित ९४ रन बनाए । त्यस्तै, राशिदले ३१ बलमा तीन छक्का र दुई चौकासहित ४० रनको आक्रामक पारी खेले ।
डेविड र राशिदले छैटौं विकेटका लागि ३७ बलमा ७० रनको साझेदारी गरे । त्यस्तै, अभिनव मनोहरले १२ र ऋद्धिमान साहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईका लागि ड्वेन ब्रावोले तीन, महेश थीक्क्षणाले दुई, रवीन्द्र जडेजा र मुकेश चौधरीले एकरएक विकेट लिए ।
त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार