युक्रेनमा शृंखलाबद्ध हमलामा परी पाँच जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १३:१०:४८
५ बैशाख एजेन्सी । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार रुसी मिसाइल हमलाबाट थप १३ जना घाइते भएका छन् ।
शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको थियो ।
रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्रका इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार