तालमेल नमिलेर सत्ता गठबन्धनमाथि प्रश्न उठाइरहेका बेला पेरिसडाँडामा प्रचण्डको पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १६:३६:३४
५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच महानगर र उपमहानगरमा तालमेलका लागी सहमति जुटाउन कठिन भइरहेको अवस्थामा आगामी निर्वाचनबारे थप जानकारी गराउने भन्दै नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे हुने पत्रकार सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् । उनले निर्वाचनबारे दलहरुबीच भइरहेको छलफल, त्यसको निष्कर्ष र पार्टीको आगामी रणनीतिका विषयमा जानकारी दिने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन बाँकीरहँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउन छलफल गरिहेका छन् । त्यसका लागि बैठक चलिरहेको छ ।
गठबन्धनमा रहेका दलहरु अझै पनि आ–आफ्नै दाबीबाट पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल देखिएको छ । यस्तो समयमा प्रचण्डले बोलाएको आकस्मिक पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार