निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा प्रकाशन हुने
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १७:१:४९
५ बैशाख, काठमाडाैं । निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ । नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्ने भएको हाे।
बेलायतको चर्चित म्यागजिन ‘The Sunday Times’ का अनुसार ‘Top 10 Best Seller’ किताबहरु मध्येमा एक हुन् निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ । विभिन्न म्यागजिनमा किताबको बारे राम्रो समिक्षा गरिएको छ । अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएका छ ।
हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ । ३२० पृष्ठको यो पुस्तक नोभेम्बर १२, २०२० को दिन विश्वबजारमा आएको थियो ।
निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँपालिका-३, दाना भन्ने ठाँउमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस
सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ) मा बिताएका थिए । पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिनाभन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन् ।
उनी सन् २०१२ डिसेम्बरबाटनै हिमाल चढ्न सुरु गरेका थिए । सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको बताउन उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो । उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए । उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमै चढेका थिए ।
पुर्जा सन् २०१९ को एप्रिलमा हिमाल चढ्ने अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए । उनी ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने भने ४४ औं आरोही हुन् । पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन् । ‘असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’ पुर्जाले आफ्नो ट्विटरमार्फत् भनेका थिए ।
बेलायतको Hodder & Stoughton प्रकाशन गृहले ‘बियोण्ड पसिबल’ पुस्तक अंग्रेजी भाषामा पहिले प्रकाशन गरिसकेको छ । पुस्तकमा पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण ७ महिनाभन्दा कम अवधिमा गरेका कुरा उल्लेख गरिएको छ ।
पुस्तकमा उनले लेखेका छन्, ‘म सात महिनाभन्दा कममा चौधवटा पर्वतहरु चढ्छु भन्दैगर्दा मान्छेहरु म माथि हाँसे । जबकी सगरमाथा र धौलागिरी जस्ता हिमालहरु म पहिल्यै चढिसकेको थिए। तर २०१९ मा म चौधवटै हिमालहरुको सफल आरोहण पछि जीवितै फर्किए । असम्भवलाई सम्भव बनाएर देखाए ।’
‘वी रिड’ प्रकाशन गृहले हालसम्म ३५ वटा किताब प्रकाशन गरिसकेको छ । प्रकाशन गृहबाट जनक सापकोटाको ‘कहर’, अनिल चित्रकारको ‘अघि बढौँ’, जग्दिश्वर पाण्डेको ‘विश्व टी २०का सारथीहरू’, नरेन्द्र राज पौडेलको ‘सीडीओका १७ वर्ष’ जस्ता पुस्तकहरू प्रकाशित भइसकेको छ । ‘वी रिड’ को नयाँ पुस्तकहरू: सन्तोष रिमाल र शरद चिरागको ‘कर्मठ नेपाली’, कमला ह्यारिसको ‘The truth we Hold’ को नेपाली अनुवाद र राजु अधिकारीको ‘सत्य शक्ति’ बजारमा आउन लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
मंसिर २८, २०८१ शुक्रबार
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार