गठबन्धनको निर्णय जबरजस्ती लादिए चुनावको परिणाम सोचे भन्दा विपरित आउँछः महामन्त्री थापा
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १७:१२:२६
५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रमा गठबन्धनले गरेका निर्णयहरु तल्लो तहमा जबरजस्ती गरेर लाद्न नमिल्ने बताएका छन् । उनले गठबन्धनका निर्णय लागु गर्न दवाव दिन थालियो भने दलले सोचेको भन्दा फरक परिणाम निर्वाचनले दिने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले तलका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताए ।
उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जानकारी दिए ।
थापाले भने,‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन ।’
उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताए । ‘म जितेर आएँ, जे पनि गर्छु भनेर हुँदैन । म एक्लै हुँ भनेर भन्न पाइँदैन,’ थापाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार