पाँच वर्षमा वडाको बजेट १३ लाख मात्र, स्थानीय आक्रोशित
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १८:१६:४१
५ वैशाख, मुगु । मुलुकमा संघीयता लागू भएर सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मुगुवासीले त्यो अनुभूति गर्न पाएका छैनन् । जनताको आधारभूत आवश्यकता पूरा गर्ने भनेक वडा सरकारले हो । तर गाउँ र नगरका वडामा खानेपानी, सिँचाइ, कुलो, बिजुलीलगायतका विकास योजना नहुँदा स्थानीय मारमा परेका छन् ।
यस्तै अवस्था छ छायानाथ रारा नगरपालिका–१४ बाममा । वडाध्यक्ष नन्दलाल बडुवालले पाँच वर्षसम्म एउटा पनि सम्झनलायक काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
वडा सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेबारे केही काम नगरेको स्थानीय राजेश बडुवालले बताए । बाम गाउँको विकासमा बरु ग्रामीण पहुँच कार्यक्रम र्याप थ्री र अन्य गैरसरकारी संघसंस्थाले काम गरेको उनको भनाइ छ ।
वडाध्यक्ष नन्दलाल बडुवालले भने पाँच वर्षको अवधिमा छायानाथ रारा नगरपालिकाबाट १३ लाख बजेट मात्र विनियोजन गरेकाले केही राम्रो काम गर्न नसकेको बताए ।
नगरपालिकाले दिएको बजेट वडाको प्रशासनिक खर्च, कर्मचारी तलब, सञ्चारलगायतमै सकिने उनको भनाइ छ । शनिवार सञ्चालन भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ को सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
वडा कार्यालयमा आम्दानीको अन्य स्रोत नहुनु, राजनीतिक खिचातानीले वडाध्यक्षको नगरपालिकामा पहुँच नपुग्नु, पुगे पनि समन्वयकारी भूमिका नहुनाले पाँच वर्षमा १३ लाख मात्र रकम विनियोजन भएको वडाध्यक्ष बडुवालले बताए ।
वडा नम्बर १४ कार्यालयमा प्रायः प्रदेश, गैरसरकारी कार्यालयले प्रदान गरेका बजेटको ६३ वटा योजना छन् । जसमा चार करोड ४९ लाख ४४ हजार खर्च भएको उनले सुनाए ।
छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा पाँच वर्षमा एकपटक मात्र सार्वजानिक सुनुवाइ गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । कार्यकालको अन्तिममा सार्वजनिक सुनुवाइ गर्नुको कुनै सार्थकता नभएको स्थानीय जुनबहादुर खड्काले बताए ।
अहिले सार्वजनिक सुनुवाइ गरेर चुनावको मुखमा जनतालाई भ्रम फैलाउने काम भएको स्थानीयको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार