सुर्खेत र डोल्पाका जनता भन्छन्,‘हामीलाई भोट बैंक सम्झने ?’
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १८:२२:५२
५ वैशाख, सुर्खेत । स्थानीय तह निर्वाचनपछि नेताहरु आफ्नो आँगनमा आएको देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाहीलाई अचम्म लागेको छ ।
फोन गर्दा पनि रिसिभ नगर्ने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय अहिले गाउँमा आएर भोट माग्न सर्मथक पठाएपछि शाहीलाई अचम्मा लागेको छ ।
गएको स्थानीय तहको चुनावमा मुड्केचुलाबाट माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाई झिनो मतले पराजित गरेका थिए । उनै रोकायले अहिले स्थानीय तहको चुनावमा उम्मेदवार घोषणा गर्दै आफ्ना कार्यकर्ता परिचालन गरेर भारत गएका आफन्तलाई घरमा बोलाउन र आफूलाई भोट दिन आग्रह गरेको देख्दा अचम्मा परेको शाहीले बताए ।
रोकाय एमाले डोल्पाका सचिव हुन् । उनी निर्माण व्यवसायी पनि हुन् । चुनाव हारेपछि गाउँमा कहिलै नआएका रोकाय एकैपटक उम्मेदवार बनेर गाउँ, गाउँमा केही कार्यकर्ता परिचालन गरी भोट माग्दा आफूहरू चकित परेको नर्कुका शर्मलाल शाहीले बताए । ’चुनाव हारेपनि हाम्रो घर दैलोमा आएर नियमित सम्पर्कमा रहनु पर्थ्यो । तर, रोकायको त्यस्तो गरेनन्,’ शाहीले भने ।
एमाले र माओवादीका मात्र होइन अहिले कांग्रेसका नेता कार्यकर्ताहरू पनि गाउँमा बल्ल देखिन थालेको अर्का स्थानीय सोमराज शाहीले बताए । चुनाव हार्नेबित्तिकै ठाउँ नै छोडेर भाग्ने अनि उम्मेदवार बनेपछि समर्थक बीचमा गाउँ आएर हल्ला गर्ने तरिकाले गर्दा जनता भोट बैंक मात्र ठानेको भन्दै शाहीले आक्रोश पोखे ।
जनताको घर दैलोमा पाइला नटेक्ने चुनावआएपछि भारतसहित अन्य देश गएकालाई बोलाउन र आफ्नो पार्टीलाई भोट दिन आग्रह गरेका नेताहरूले जनतालाई प्रयोगको साधन तथा भोट बैंकको रुपमा लिएको सुर्खेत सिम्ता गाउँपालिका गोजीका राम केसीले बताए ।
घरदैलोमा आएका नेता तथा कार्यकर्ताले रोजगारी, विकासका भन्दा पनि एकअर्काे दलका नेतालाई गाली मात्र गरेको देख्दा आफूहरूलाई दिक्क लागेको स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार