मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १९:३:३
५ वैशाख, मनाङ । आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहनेछ ।
जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ । शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार