वीरगञ्ज महानगर बन्न लायक छैन : मेयर सरावगी
आबिद हुसेन
बैशाख ५, २०७९ सोमबार १९:२७:५१
५ बैशाख, वीरगञ्ज । विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको बताएका छन् । स्थानीय एक सञ्चारसंस्थालाई अन्तर्वार्ता दिँदै वीरगञ्जका मेयर विजयकुमार सरावगीले वीरगञ्ज महानगर बन्न लायक नभएको बताएका हुन् ।
सरावगीका अनुसार राजनीतिक कारणले अन्तिम अवस्थामा निर्वाचनको मुखमा महानगरपालिका घोषणा गरिएको वीरगञ्जसँग महानगर बन्ने २० प्रतिशत पनि गुण छैन ।
‘वीरगञ्जलाई एकदमै राजनीतिक कारणले अन्तिमअन्तिम अवस्थामा जब चुनाव हुनवाला थियो पहिलो । त्यसमा यसलाई महानगरपालिका घोषणा गरियो । र यदि स्थानीय सरकार सञ्चालन एन पढे हो भने महानगरपालिकाको स्पेसिफिकेसन ‘विशिष्टता’ मा वीरगञ्ज २० प्रतिसत पनि छैन आजको दिनमा,’ अन्तर्वातामा सरावगीले भनेका छन् ।
साढे ४ वर्षसम्म वीरगञ्जको मेयरका रुपमा कार्यकाल सम्भाली सकेका सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको भन्नु आफैमा लज्जास्पद कुरा भएको र नैतिकताको आधारमा उनले राजनीमा दिनुपर्ने जसपाका नेता सुरज गुप्ता बताउँछन् । ‘महानगर बन्ने गुण छैन भन्ने अनि मेयर बनेर सबै सेवासुविधा लिने । मेयर साबको यो दोहोरो चरित्र भएन । त्यस्तो हो भने नैतिकताको आधारमा उनले राजिनामा दिनुपर्छ,’ गुत्पाले भने ।
सरावगीले वीरगञ्जसँग महानगर बन्ने गुण नभएको बताएपनि यहाँका जनतासँग महानगरपालिका सरह कर असुली गर्ने गरेका छन् ।
मेयरमा निर्वाचित भएर आएपश्चात सरावगीले यहाँ ५ सय प्रतिसतसम्म कर वृद्ध गरेको स्थानीय व्यवसायीहरुको आरोप छ । ‘पहिला हामी जहाँ ५ हजार रुपैयाँ वर्षेनी कर तिर्थ्यों, आज विजय सरावगी मेयर भएर आएपछि २५ हजार रुपैयाँ तिर्नु परेको छ । सेवासुविधा केही छैन । कर बढाएर जनतालाई दुस्ख दिने काम मात्र भएको छ,’ स्थानीय व्यवसायी हिरालाल शर्माले भने, ‘कर बढाउने अनि वीरगञ्ज महानगरपालिका लायक छैन भन्ने मेयर सरावगीलाई लाज लाग्नुपर्ने हो ।’
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार