जारी आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २०:५६:५१
५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।
आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् ।
पाँच ओरेन्ज क्यापमा हकदार
जस बटलर
राजस्थान रोयल्सका लागि ओपनिङ गर्ने इंग्ल्यान्डका ब्याटर जस बटलर यस वर्ष ओरेन्ज क्याप जित्ने सबैभन्दा बलिया दाबेदार हुन् । बटलरले आईपीएल(२०२२ मा एक सानदार शतक बनाएका छन् । उनले पाँच खेल खेल्दासम्म २७२ रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन् ।
केएल राहुल
पछिल्लो दुई तीन आईपीएलमा ओरेन्ज क्यापको दाबेदारीमा सधै देखिएने नाम हो केएल राहुल । यस वर्ष समेत राहुलले आफूलाई दाबेदारीमा प्रस्तुत गरेका छन् । जारी आईपीएलमा उनले एक शतक प्रहार गर्दै ६ खेलमा २३५ रन बनाएका छन् र दाबेदारीको सूचीमा दोस्रो स्थानमा राखेका छन् ।
हार्दिक पाण्डे
यसपटक आईपीएलमा सबैलाई स्तब्ध पार्ने अर्को नाम हो हार्दिक पाण्डे । भारतीय अलराउन्डर तथा गुजरात टाइटन्सका कप्तानसमेत हुन् हार्दिक । हार्दिकले पाँच खेलमा २२८ रन बनाएका छन् र आफूलाई ओरेन्ज क्याप दाबेदारमा तेस्रो स्थानमा उभ्याएका छन् ।
लियाम लिभिङस्टोन
ओरेन्ज क्यापको दौडमा यसपटक पञ्जाब किंङ्सका घातक ब्याटर लियाम लिभिङस्टोनसमेत देखिएका छन् । उनले ६ खेलमा २२४ रन बनाएका छन् । जारी लिगमा आक्रामक खेलकै कारण इंग्ल्यान्डका यी खेलाडी दाबेदारमा रहेका हुन् ।
राहुल त्रिपाठी
सनराइजर्स हैदराबादका ब्याटर राहुल त्रिपाठी ओरेन्ज क्यापको दाबेदारमा रहने पाँचौ खेलाडी हुन् । जारी लिगमा राहुल राम्रो लयमा समेत छन् । उनले ६ खेल खेल्दा २०५ रन बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार