डिजिटल बैंकिङका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २३:५४:५७
५ बैशाख, काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ भन्ने मुलमन्त्रका साथ बैंकिङ सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बीच पोइन्ट अफ सेल (POS) सेवाका लागि सहकार्य भएको छ ।
आज सनराइज बैंकको केन्द्रिय कार्यालय गैही«धारामा आयोजित एक समारोह बीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकवर्गलाई पोइन्ट अफ सेल डिभाइस (POS) उपलब्ध गराउन सक्नेछ भने सोको लागि प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २०,००० भन्दा बढी मर्चेन्ट नेटवर्क (POS तथा QR ), १५९ एटीएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो ।
भिषाको प्रमुख सदस्य समेत रहेको सनराइज बैंकले हामी सँगसँगै भन्ने मुलनाराका साथ अगाडि बढ्दै आफ्ना सदस्य बैंकहरुलाई सहज र सरल ढंगले डिजिटल भुक्तानीका सेवा सुविधाहरु ल्याउनको लागी सदैव अग्रगामी भूमिका निभाउँदै आएको छ । बैंकले यसअघि पनि नेपालमै पहिलो पटक सहकारी संंस्थाका सदस्यहरुका लागि भिषा कार्ड सेवाको सुरुवात समेत गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार